लकडाउन : सुरक्षित र स्वच्छ खानपिनका ५ वटा जरुरी टिप्स

कोभिड–१९ को महामारीको बेलामा कैयन चिजमा परिवर्तन भइरहेको छ । कामकाज, सरसफाइदेखि खानपिनको तौर तरिकामा पनि परिवर्तन भएको छ ।

मानिसहरुको प्राथमिकतामा स्वास्थ्य तथा खासगरी खानपिन तथा स्वच्छताको मुद्दा अचानक आएको छ । यस्तो होइन कि पहिले मानिसहरुको प्राथमिकतामा यी चिजहरु पर्दैनथे । पक्कै नि खानपिन र स्वच्छता हाम्रो जीवनशैलीका लागि जरुरी नै थिए । तर त्यसमा मनपर्ने र मननपर्ने कुराहरुको पनि चर्चा हुन्थ्यो ।
यस समय मानिसहरुमा के खानपिनका कारण पनि कोभिड फैलिन्छ भन्ने चिन्ता थपिएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनलाई लिएर ५ वटा जरुरी टिप्स सेयर गरेको छ ।

१. सधै स्वच्छ रहनुहोस्
खाना बनाउनेभन्दा अघि र खाना बनाउने समयमा हात धुनु जरुरी छ । शैचालय गएपछि हात सफा गर्नुहोस् । खाना बनाउने ठाउँमा चुल्हो तथा भाँडाकुँडा राम्रोसँग धुनुहोस् र तीनलाई सेनिटाइज गर्नुहोस् । भान्सा घरमा हुने किरा तथा अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस्

२. काँचो खानालाई पकाइएको खानाबाट टाढा राख्नुहोस्
पोल्ट्री उत्पादन, काँचो मासुलाई खानपिनका अन्य चिजबाट अलग्गै राख्नुहोस् । काँचो खानालाई राख्दा फरक भाँडा तथा चक्कु तथा कटिङ बोर्डको प्रयोग गर्नुहोस् । तयार खाना तथा काँचो खानाका बचि कुनै पनि सम्पर्क नहोस भन्नका लागि यस्ता चिजलाई कन्टेनरमा राख्नुहोस् ।

३.खानालाई राम्रोसँग पकाउनुहोस्
खासगरी मासु, पोल्ट्री उत्पादन, अन्डालगायतलाई राम्रोसँग पकाउनुहोस् । सुप तथा स्टु जस्ता चिजलाई उमाल्दा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रम हुनु जरुरी हुन्छ । मासु तथा पोल्ट्री उत्पादन तयार गर्दा पनि ख्याल राख्नुपर्छ । सबैभन्दा राम्रो तरिका के हुन सक्छ भने तापक्रम जाँचका लागि थर्ममिटरको प्रयोग गर्नुहोस् । पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

४. सुरक्षित तापक्रममा खानालाई सुरक्षित गर्नुहोस्
पाकिसकेको खाना कोठाको सामान्य तापक्रममा २ घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस् । तयार भएको खाना खास गरी छिटो बिग्रने खानालाई फ्रिजमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुहोस् । खाना पस्कँनुभन्दा पहिले त्यसलाई कम्तीमा ६० डिग्री सेल्सियस तापक्रममा तताउनुहोस् । फ्रिजमा पनि खाना धेरे समयसम्मका लागि नराख्नुहोस् । फ्रोजन फूड अर्थात् जमेको खानालाई कोठाको सामान्य तापक्रममा पग्लिनका लागि छाडिदिनुहोस् ।

५. सफा पानी तथा स्वच्छ भोजन सामग्री
स्व्च्छ पानीको प्रयोग गर्नुहोस । यदी त्यस्तो उपलब्ध हुन सकेन भने यसलाई सुरक्षित प्रयोग गर्न मिल्ने गरी सफला गर्नुहोस् । ताजा तथा पौष्टिक खाद्या सामग्रीको प्रयोग गर्नुहोस् । यस्तो भोजन छनोट गर्नुहोस जसबाट जसको सुरक्षित प्रोसेसिङ भएको होस् । फल तथा तरकारी खानु अगाडि राम्रोसँग धुनुहोस् । खानेकुराको मिति नसकिएको भएमा मात्र  प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार