वडा अध्यक्षको मिसन घर–घरमा पोषण, सुत्केरीले पाए भाले र घिउ

उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ५ जातेका वडा अध्यक्ष केशर बहादुर खड्का (भुपाल)ले वडाका सुत्केरी महिलाहरुलाई भाले र घिउ सहित भेटघाट कार्यक्रम अगाडी बढाएको छ ।

सुत्केरी आमा र बच्चाको स्याहार तथा पोषणमा ध्यान दिन परिवारहरुलाई सुझाव दिदै वडा अध्यक्षले अहिले सम्म १५ जना सुत्केरी महिलाहरुलाई कुखुरा भाले, घिउ, ज्वानो र सावुन प्रदान गरिसकेको छ । स्वास्थ्य चौकी जातेको तथ्याङ्क अनुसार जम्मा सुत्केरी महिला २७ जनामा अव थप १२ जना सुत्केरीहरुलाई भेट्न बाँकी रहेको वडा अध्यक्ष खड्काले वताए ।

५ नं. वडा कार्यालय जातेले चालु आर्थिक वर्ष २०७७–०७८ को निति तथा कार्यक्रममा नै उल्लेख गरेर वडा अध्यक्षको मिसन घर–घरमा पोषण कार्याक्रम अन्र्तगत सुत्केरी भेटघाटलाई निरन्तरता दिएको वडा अध्यक्ष खड्काले बताए । महिला तथा बालबालिकाप्रति संवेदनशील बन्दै, होम डेलिभरीलाई शून्य बनाउने तथा पोषण कमी हुन नदिन वडाले कार्यक्रम नै अगाडी बढाएको बताए ।

घरमा नै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा खतरा हुने हुँदा वडाले संस्थागत डेलिभरी कार्यक्रमलाई जोड दिएको उदयपुर खबरलाई खड्काले जानकारी दिए । हाल गर्भवती महिलालाई अनिवार्य रुपमा गर्भ जाँच र सुत्केरी जाँच समेत गराउन भनिएको छ ।

स्वास्थ्य चौकी जातेमा २४ सै घण्टा प्रसूती सेवा, गर्भवती जाच गर्ने भिडियो एक्सरे सहित अन्य सेवाहरु संचालन भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार