१८ वर्षिय युवतीलाई बलत्कार गरी छत बाट खसाउने व्यक्ति पक्राउ

उदयपुरको बेलका नगरपालिका ४ मा नशालु पदार्थ सेवन गराई जवरजस्ती करणी पश्चात घटना लुकाउन युवतीलाई मार्ने उदेश्यले स्कुलको छतबाट खसाउने एक युवक काठमाण्डौँ बाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको बिषेश टोलीले बेलका नगरपालिका ४ का २२ बर्षिय गोबिन्द भन्ने गुनराज बिष्टलाई बिहिबार काठमाण्डौको मनमैजु बाट पक्राउ गरेको हो ।

गत साउन १७ गते रातको समयमा उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा बिष्ट सहित अर्का १ जनाले जवरजस्ती करणी गरी युवतीलाई स्कुलको छतबाट खसाएर सशख्त घाईते बनाई फराररहेका थिए ।

घाईते युवतीको कम्वर देखी मुनी केहि नचल्ने गरी छतबाट खसाली दुवै जना फरार रहेको आरोपमा बिष्टलाई भने प्रहरीले पक्राउ गरेको र अर्को फरार रहेका प्रतिवादीलाई भने खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

१८ बर्षिया युवतीलाई नशालु पदार्थ प्रयोग गराई जवरजस्ती गरी घटना लुकाउने भन्दै स्कुलको छतबाट खसाएर उनिहरु वारदात स्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विष्टलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको र फरार रहेको अर्कालाई पनि खोजी कार्य गरी तत्काल कार्वाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार