दुखद खबरः ओखलढुङगामा बोलेरो दुर्घटनाः एक वालिका सहित ३ जनाको मृत्युु

ओखलढुङगामा बोलेरो दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । मंगलबार विहान जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४, धुसेनीमा ना १ ज ८३३२ नंबरको बोलेरो दुर्घटना भएको हो ।

मृत्यु हुनेहरु मानेभञ्ज्याङ गाउपालिका वडा नं ४ धुसेनीका स्थानीय ७१ वर्षिय बिना माया आले मगर, ५१ वर्षकि टुल्किमाया आले मगर र ५ वर्षिय वालिका डोल कुमारी आले मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालकलाई भने मिसन अस्पताल ओखलढुंगामा उपचारको लागि पठाईएको छ । चालकको अवस्था निकै गम्भिर रहेको हुदा मिसन अस्पतालबाट  काठमाडौं रेफर गरेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार