लिम्चुङबुङमा बैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको ओषधी खुवाईदै

  1. उदयपुर-  लिम्चुङबुङ गाउँ पालिकामा बालबालिकाहरुलाई भिटामिन ए संगै जुकाको ओषधी खुवाउने कार्यक्रम तय  भएको छ । यहि बैशाख ६ देखि ७ गते सम्म भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरिएको लिम्चुङबुङ गाउपालिका स्वास्थ्य शाखाका प्रमुख नौलसेर राईले बताउनुभयो ।
    पालिकाको ५ ओटै स्वास्थ्य शाखामा उक्त सेवा संचालन हुने भएकाले आ-आफ्नो बालबालिकालाई नजिकको स्वास्थ केन्द्ररमा लगि भिटामिन ए र जुकाको ओषधी खुवाउनहुन स्वास्थ्य प्रमुख राईको अनुरोध छ ।
    सेवा संचालनको क्रममा कोरोना भाईरस रोकथामका लागि भिड्भाड नगरी सामाजिक दुरि कायम गर्न पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार