ईलाका प्रहरी कार्यालय लिम्चुङबुङद्धार नागरीकहरुलाई माक्स वितरण

उदयपुर– ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले माक्स नलगाई हिड्ने नागरीकहरुलाई सम्झाई बुझाई गर्दै माक्स वितरण गरेको छ ।

गाउपालिका आवत जावत गर्ने तथा सार्वजनिक ठाउँहरुमा माक्स नलगाई बस्ने, हिड्ने नागरिकहरुलाई माक्स लगाउन अनुरोध गर्दै वितरण गरेको हो ।

ईलाका प्रहरी कार्यालय लिम्चुङबुङका प्रहरी हवल्दार जयचन्द्र सिंहले लिम्चुङबुङमा कोरोनाको विरामी फेरी थपिएकाले यस्को न्युनिकरण गर्नका लागि माक्स नलगाई हिड्ने नागरिकहरुलाई माक्स वितरण गरेको बताउनुभयो ।

उहाले सवै नागरिकहरु सचेत भएर कोरोनाबाट बच्न र बचाउन अनिवार्य माक्स लगाउन आग्रह गर्नुभयो ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार