लकडाउनः यी ७ खानेकुरा फ्रिजमा राख्दै नराख्नुहोस

काठमाडौं । कोरोना भाइरसका कारण विश्व लकडाउनमा गुज्रिरहेको छ । लकडाउनका कारण जनतामा निराशा छाएको छ ।

जसका कारण खाद्यान्न अभाब हुने डरमा मानिसले धेरै सामान स्टक राख्न थालेका छन । भान्सामा चाहिने सामान उपलब्ध भएपनि जनतामाझ खाद्यान्न अभावको डरले जरा गाडन थालेको छ ।

कतिपय मानिसले छोटो अवधिका लागि प्रयोग गर्न मिल्ने सामानलाई लामो समयसम्म प्रयोग गर्ने हेतुले फ्रिजमा राख्ने गरेको पाइएको छ । त्यसैगरी कतिपय खाद्यान्न फ्रिजमा रानेपछि स्वद हराउने र स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन ।

सुख्खा फलफूल , आइसक्रिम, केराउजस्ता कतिपय सामान फ्रिजमा राख्न सकिन्छ तर कतिपय खाद्यान्न यस्ता हुन्छन जुन फ्रिजमा राख्नुअघिसम्म राम्रा हुन्छन तर फ्रिजबाट बाहिर निकाल्दा लाभदायक हुँदैनन ।

यदि तपाईले खानेकुराको स्वाद, फाइदा लगायत त्यसबाट पाइने तत्व यथावत राख्न चाहानुहुन्छ भने यी सातवटा खानेकुरालाई फ्रिजमा राख्दै नराख्नुहोस् ।

१.डेरी उत्पादनहरु हामीले स्टक राख्न चाहाने पहिलो चीज हो दुध । छोटो अवधिका लागि दुध फ्रिजमा राखेपनि धेरै लामो समय राख्दा त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन । जब हामीले दुध फ्रिजबाट निकालेर पग्लिन्छ, त्यो स्वास्थ्यलाई राम्रो गर्ने अवस्थामा हुँदैन । त्यसैगरी चिजपनि कच्चा हुने र चीजी हुँदैन ।

२.फ्राई गरेका खानेकुरा हामीलाई फ्राइ गरेका खानेकुराहरु झुरुमझुरुम भएको मनपर्छ । तर यस्ता खानेकुराहरु फ्रिजमा राख्नासाथ भुरुम्मपन सिधै नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सकेजति खानुहोस र पछिलाई साँचेर फ्रिजमा नराख्नुहोस

३. नुडल्स फ्राई गरेका खानेकुरा जस्तै नुडल्स पनि फ्रिजमा नराख्नुहोस । पाकेको होस वा नपाकेको नुडल्स र पास्टा जस्ता परिकार फ्रिजमा राख्न नहुने खाद्यविदहरु बताउँछन । नुडल्स सकेसम्म छोटो समयभित्र सकिने परिमाणमा किन्नुहोस ।

४. काक्रो फ्रिजमा राखिएका काक्रोका टुक्राहरु आखाँले हेर्नलाई प्रयोग गर्नुहोस, खानलाई होइन । फ्रिजमा राखेपछि काक्रोको भिन्न स्वाद हुनुका साथै स्वस्थकर हुँदैन ।

५. फलफुल सुकाएका वा सुख्खा फलफुल मात्र फ्रिजमा राख्न सुरक्षित मानिन्छन । अन्य फलफुल फ्रिजमा राख्दा आकारमा परिवर्तन आउने, स्वाद भिन्न हुने र पौष्टिक तत्व घट्छ ।

६.कफी फ्रिजमा राखिएको खुल्ला कफी बिन्स वा अन्य कफीले

साभार : क्लीकमाण्डु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार