दुखद खबरः मोटरसाईकल दुर्घटनामा लिमचुङबुङका एक युवाको मृत्यु, एक गम्भिर घाईते

काठमाण्डौ– भक्तपुरको कौशलटारमा मोटरसाइकल आपसमा ठोक्किँदा उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं १ बास्बोटेका एक युवाको ज्यान गएको छ । शनिबार राति पौने ७ वजे प्र ३–०२–०४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोकीदा २० वर्षीय मनराज राई (रमण)को उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलमा सवार लिम्चुङबुङ गाउँपालिका वडा नं १ बास्बोटेकै २४ वर्षिय मनिकला राईको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । घाईतेको अवस्था गम्भिर रहेको बताईएको छ ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक रौतहट गौर नगरपालिका ८ घर भइ ललितपुर मंगलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त, ठिमीमा राखेको छ । यससम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार