उदयपुरमा अत्याधिक जाडो, भयो जनजीवन प्रभावित, प्रहरीद्धारा ठाउँठाउमा आगो ताप्ने व्यवस्था

उदयपुर लगायत तराईको अधिक भुभागहरुमा चिसो अत्याधिक बढेको छ। यो बर्षकै सवै भन्दा बढी चिसो मंलबार र बुधबार महशुस भएको छ । जाडोका कारण जनजीवन निकै प्रभावित बनेका छन् ।

यता उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले भने विभिन्न ठाउँमा दाउरा पुर्याउँदै नागरिकका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धा, रोगी बढी प्रभावित भएका छन्। यस्तै, बाहिर श्रम गर्ने श्रमिक जस्तै ठेला, रिक्सा, सफारी चालक, निर्माण क्षेत्रका श्रमिकहरु पनि प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार