अन्यबैंकको एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने, कति लाग्छ हेर्नुहोस

काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने ९अन्तरबैंक० एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।

राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार