बागलुङबाट कबड्डीका खेलाडी चयन

बागलुङ, १२ पुस । आठौं राष्ट्रिय खेलकुदकोे लागि बागलुङबाट कबड्डीका खेलाडीहरु चयन गरिएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजना र जिल्ला कबड्डी संघको सहयोगमा गण्डकी प्रदेशमा हुने छनौट खेलको लागि पुरुष र महिला १०/१० जना खेलाडीहरु छनौट गरिएको छभने २/२ जना बैकल्पीक खेलाडीहरु छनोट गरिएको छ ।

छनोट हुने पुरुष खेलाडीहरुमा होम बहादुर रोका (कप्तान), सुजन पुन (उप–कप्तान), कुविर किसान, रोहित बोहोरा, जिवन व्लोन, शिव श्रेष्ठ, रोहित बोहोरा, बिशाल थापा र बिशाल मल्ल रहेका छन्भने बैकल्पीक खेलाडीहरुमा मदन आले र अमन बोहोरा रहेका छन् । यस्तै महिला खेलाडीहरुमा विन्दु थापा (कप्तान), सुमना पाईजा, विष्णु सापकोटा, अनिशा भण्डारी, रक्षा के.सी., सजना गौचन, मुना रेग्मी, भावना थापा, यमुना घर्ति मगर र दिविना पुन रहेका छन्भने बैकल्पिक खेलाडीहरुमा रंगिला पुन र बिमला बोहोरा रहेको जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले जानकारी दिनुभयो ।

खेलाडी छनोटको लागि प्रतियोगिता संचालन गरेर गरिएको थियो । छनौट भएका खेलाडीहरु गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटमा भाग लिनेछन् र छनौट भएमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार