डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

बागलुङ, १२ पुस । पेन्सन क्याम्प ब्याडमिन्टन क्लब बागलुङको आयोजनामा बिहीबारदेखि पेन्सन क्याम्प पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले खेलकुदले शारिरीक तथा मानसिक रुपमा मानिसलाई तन्दुरुस्त राख्ने बताउनुभयो ।

उद्घाटन समारोहमा क्लबले जिल्लामा पूर्व खेलाडीहरु जिल्ला ब्याडमिन्टन संघका पुर्वअध्यक्ष राजेन्द्र शाक्य, केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ र पुर्व सदस्य राजन शाक्यलाई सम्मानित गरेको थियो । क्लबका अध्यक्ष पवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन मिलन खत्री क्षेत्रीले गर्नुभएको थियो ।

आज भएको उद्घाटन खेलमा मिलन खत्री र कुल ब. थापाको टिमले नन्दु विष्ट र तार्जन कायत मगर को टिमलाई १७–२१, २१–१८ र २१–१९ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै सम्मर कार्की र रोम थापा, खड्क बहादुर पुन र टिकाजित पुन तथा भुषण बैद्य र झम्मन कुमार पाण्डेको टिम पनि पहिलो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

भोलिको पहिलो खेल बबिन शाक्य र तारा थापा बिरुद्ध कमल र याम थापा, दोस्रो खेल रमेश र नविन बिरुद्ध मिलन खत्री र कुल थापा र तेस्रो खेल सम्मर र रोम बिरुद्ध खडक र टिकाजीत पुन विच हुने कार्यक्रम संयोजक भुषन बैद्यले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले खसी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार