कास्कीमा तीन हजार भन्दा बढिमा डेङ्गु !

नेपालसञ्चार,  पाेखरा भदौ २७ गते । बरिष्ठ चिकित्सक सन्देशरमण पराजुलीले पोखरामा तीन हजार भन्दा बढीमा डेंगुको बिरामी रहेको बताउनु भएको छ । सरकारी तथ्याङ्कअनुसार ११ सय २० जना भनिएपनि मेडिकलमा आउने घरमै आराम गरेर बस्नेहरु गर्दा तीन हजार भन्दा बढि विरामी रहेको बताउनुभयो । 

अनेरास्ववियु कास्कीले आयोजना गरेको तीन दिने डेङ्गु र सेतो पुतली सम्बन्धी सचेतता कार्यक्रम अन्र्तगत दोस्रो दिन पोखराको अमंरसिँह माध्यामिक विद्यालयमा गरेको सचेतना कार्यक्रममा आफ्नो प्रस्तुतीमा डाक्टर पराजुलीले सो कुरा बताउनु भएको हो । विश्वमा एक वर्षमा दुई करोड सय मान्छेलाई डेङ्गु रोग लाग्ने र २५ हजार मान्छे डेङ्गुको कारण मृत्यु हुने गरेको बताउनुभयो ।

डेङ्गु सार्ने लामखुट्टेले घाम उदायको दुई घण्टापछि र घाम अस्ताउन दुई घण्टा अगाडि मात्र टोक्ने उहाँले जानकारी दिनुभयो । लामखुट्टे एकैपटक १०–१५ जनालाई टोक्ने हुँदा बिरामी धेरै हुने गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जमेको सफा पानीमा डेङ्गु बास्थान हुने हुँदा पानी जम्ने गमला, घर छेउछाउमा त्यस्ता बस्तुमा पानी जम्न दिन नहुने बताउनुभयो ।

डेङ्गु लागिहालेपनि चिकित्सकको सल्लाहअनुसार मात्रै उपचार गर्न सुझाव दिनुभयो । कोइरालाले विद्यालय विद्यालयमा कार्यक्रम गर्दा प्रत्येक घर घरमा सन्देश जाने भएकोले अनेरास्वियुले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।

पोखरामा सेतो पुतलीको पनि प्रकोप रहेको भन्दे सोही अबसरमा सेतो पुतलीको बारेमा पनि अबगत गराइएको छ । नेत्र अधिकृत धमेन्द्र घोडासैनीले पोखरामा शापु एक दृष्टिनाशक आँखाको रोग देखा परेको भन्दै उहाँले सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहन आग्रह गर्नुभएको छ । अनेरास्ववियु कास्कीका साविक अध्यक्ष शेखर गौतमले बिहीबार अमरसिँह माध्यामिक विद्यालय, पार्दी माध्यामिक विद्यालय, राष्ट्रिय माध्यामिक विद्यालय लगायतमा आयोजना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार